एमाले महाधिवेशनः आज उम्मेदवार मनोनयन

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा आज बिहानबाट मनोनयन दर्ता सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा आज बिहान ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ ।

आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर भोलि मतदान गर्ने तयारी छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मतदाता नामावलीमा परेको दाबी विरोधको छानबिन बिहान १० बजेसम्ममा सकिनेछ । बिहान १०ः१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

आयोगले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म नै उम्मेदवारीको फाराम वितरण गर्दैछ । काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रमा २ हजार २६३ जना प्रतिनिधि सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *