काठमाडौँ । महिला पर्यटन व्यवसायीहरुको संस्था महिला पर्यटन व्यवसायी सञ्जालको अध्यक्षमा जया बराल निर्वाचित भएकी छन् ।
सञ्जालको आइतबार आयोजित चौथो साधारणसभा एवम् निर्वाचनबाट बरालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो । सञ्जालको उपाध्यक्षमा सर्मिला काफ्ले, सचिवमा सुस्मा तामाङ, कोषाध्यक्षमा अनुपा अधिकारी र सहकोषाध्यक्ष स्विटी मानन्धर निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरुमा निरु अधिकारी, सुनिता गुरुङ, गिता शर्मा र लक्ष्मी कार्की निर्वाचित भएका सञ्जालका पूर्वकोषाध्यक्ष सकुन्तला देवकोटाले जानकारी दिइन् । सञ्जालले पर्यटन क्षेत्रमा कार्यरत महिलालाई कर, भ्याटसम्बन्धी प्रशिक्षण कार्यक्रम, महिलाको क्षमता अभिवृद्धि तालिम, महिलालाई पर्यटनसँग जोड्नका लागि विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।
यस्तै सञ्जालले महिलालाई पर्यटनमार्फत आत्मनिर्भर बनाउने काम गरिरहेको छ । विस २०७८ मा स्थापना भएको उक्त सञ्जालमा हाल पर्यटन क्षेत्रमा क्रियाशिल झण्डै १०० महिला आवद्ध रहेका छन् ।
