ओलीले भने-जेनजी आन्दोलनको जिम्मेवारी तत्कालीन प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ भन्ने खालका तर्कमा नबहकिनु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशीविदेशी पक्षका चुनौतीकाबीच पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताएका छन् ।

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको आइतबारदेखि सुरु भएको बन्दसत्रमा सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीति, विकास र समृद्धिका पक्षमा पार्टी एक लय र सुरका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

उनले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा भएका घटनाको तत्कालीन प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ भन्ने खालका तर्कहरुमा पार्टीका नेताहरु बहकिन नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *