काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन् । राजशाही वारियर्सले आइतबार सामाजिक सञ्जालमार्फत सन्दीपलाई २०२६ सिजनको लागि अनुबन्ध गरेको जानकारी दिएको हो ।
सन्दीपले बीपीएलको अक्सनमा आफ्नो नाम दर्ता गरेपनि अनसोल्ड भएका थिए । त्यसपछि राजशाहीले ड्राफ्टबाहिरबाट उनलाई अनुबन्ध गरेको हो । राजशाहीले सन्दीपलाई स्वागत गर्दै फेसबुकमा लेखेको छ,”हिमालयन म्याजिक सन्दीप लामिछाने, नेपाल स्वागत छ। तपाईं खेल हेरिरहनु मात्र हुने छैन, यो लडाइँको हिस्सा हुनुहुन्छ।”
सन्दीपले यसअघि सन् २०१९ मा सिलेट स्ट्राइकर्सबाट बीपीएल थिए । त्यसक्रममा उनले ६ खेल खेल्दै चार विकेट लिएका थिए ।
सन्दीप लामिछाने शनिबार सम्पन्न नेपाल प्रिमियर लिग(एनपीएल)मा उत्कृष्ट बलर चुनिएका थिए । उनले शेर मल्ल र अविनाश बोहोरासँगै समान १७ विकेट लिएका थिए ।
