दोहा । हमास लडाकू समूहसँग हतियार राख्ने ‘वैध अधिकार’ रहेको समूहको गाजा प्रमुख खलील अल–ह्याले आइतबार बताएका छन्।
गाजा युद्धविरामको अर्को चरणको लागि आउने कुनै पनि प्रस्तावले त्यो अधिकारलाई समर्थन गर्नुपर्ने उनले बताए ।
‘प्रतिरोध र हमासका हतियारहरू अन्तर्राष्ट्रिय कानूनले सुनिश्चित गरेको वैध अधिकार हो र यो प्यालेस्टाइन राज्यको स्थापनासँग जोडिएको छ,’ अल–ह्याले हमास समूह निकट अल–अक्सा टेलिभिजन प्रसारण गरिएको सम्बोधनमा भने ।
‘हामी प्यालेस्टाइन राज्यको स्थापनाको ग्यारेन्टी गर्दै यो अधिकारलाई संरक्षण गर्ने कुनै पनि प्रस्तावको अध्ययन गर्न खुला छौँ।’
