सिड्नी । अस्ट्रेलियाको प्रहरीले सिड्नीस्थित बोन्डाइ बीचमा भएको गोलीकाण्डमा १२ जनाको मृत्यु भएको छ । घटनामा एक जना हमलाकारीको पनि मृत्यु भएको बताइएको छ।
न्यू साउथ वेल्सका प्रिमिअर क्रिस मिन्सका अनुसार अर्को एक जना आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले उक्त आक्रमण ’सिड्नीको यहुदी समुदायमाथि निशाना साँध्ने लक्ष्य’ राखेर भएको बताएका छन् । अष्ट्रेलीयाका प्रधानमन्त्री एन्थनी अल्बनीजीले बोन्डाइका दृश्यहरूलाई ’स्तब्ध तुल्याउने र पीडादायी’ भएको बताएका छन् ।
न्यू साउथ वेल्सका प्रहरी कमिस्नर मल लेनीओनले प्रहरीले स्थानीय समय अनुसार साँझको ६ बजेर ४७ मिनेटमा बोन्डाइ बीचको घाँसे क्षेत्रमा रहेको आर्चर पार्कमा गोली चलेको जानकारी पाएको बताए ।
अस्ट्रेलियाको यहुदी सङ्घका प्रमुख रोबर्ट ग्रेगरीले सिड्नीको बोन्डी समुद्री तटमा हनुक्का कार्यक्रमका क्रममा आइतबार भएको गोलीकाण्ड ‘त्रासदीपूर्ण तर पूर्ण रूपमा पूर्वानुमानित’ भएको बताएका छन् ।
