काठमाडौँ । नेकपा एमालेले ४० वर्षमुनिका युवाका लागि केन्द्रीय कमिटीमा करिब ५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
एमालेले ११औँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दैछ । यसमध्ये ४० वर्षमुनिका युवा १५ जना रहनेछन्, जुन ४.९८ प्रतिशत हो । प्रदेशगत प्रतिनिधित्वका आधारमा उपत्यकासहित आठै प्रदेशबाट एक–एक जना युवा आउने व्यवस्था गरिएको छ । यसअनुसार प्रदेशबाट ८ जना युवा केन्द्रीय कमिटीमा रहनेछन् ।
यसैगरी खुला कोटाबाट २, आदिवासी जनजातितर्फ २, मधेशीतर्फ २ र दलिततर्फ १ जना युवा चयन हुनेछन्। केन्द्रीय कमिटीमा १० देखि १५ प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग उठ्दै आएको थियो ।
गत शुक्रबार बसेको सचिवालय बैठकमा एमालेका सचिव योगेश भट्टराईले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवा कोटा छुट्याउनुपर्ने प्रस्ताव राखेका थिए।
