किमाथाङ्का । चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो। आज बिहान ग्यास चुहिएर उनको घरमा आगलागी भएको थियो।
आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी १० लाख रुपैयाँ बराबराको क्षति भएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए।
