काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । सोमबार बिहान नौ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
यसअघि असोज २८ गतेदखि सुरु भएको बैठक मंसिर १५ गते सम्पन्न भएको थियो । बैठकले पुसन अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
