काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।
काठमाडौंको बौद्धमा पुननिर्मित प्रहरी कार्यालयको आइतबार उद्घाटन गर्दै कार्कीले आन्दोलनमा शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीलाई नै निशाना बनाउने प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका हुन् । उनले ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाउने देखिएको गुनासो समेत गरे ।
उनले नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागीताले नै मुलुकभरमा शान्ति सुरक्षा कायम हुने भएकाले नागरिक र प्रहरीको सम्बन्धलाई प्रगाढ गर्दै अघि बढ्न निर्देशन दिए ।
जनेजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको बौद्ध प्रहरी कार्यालयको पुननिर्माण गरिएको हो ।
