काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सुरु हुँदैछ । शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो ।
महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहेको छ । बन्दसत्रबाट एमालेले आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।
नेतृत्वमा अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल दाबेदार छन् । सहमति नभए मतदान प्रक्रियामार्फत् नेतृत्व चयन गर्ने एमालेको तयारी छ । मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेले जनाएको छ ।
