काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिभा पुनःस्थापनाको विकल्प नभएको बताएका छन् ।
शनिबार भक्तपुरको सल्लाघारीमा पार्टीको ११ औँ महाधिवेशनलाई सम्बोधन गर्दै प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताएका हुन् । उनले आफूहरुले प्रतिनिधिसभा पुनःस्थापना गराई छाड्ने दाबीसमेत गरेछ ।
उनले संसद पुनःस्थापना, वैधानिक सरकार र त्यसपछि निर्वाचन गराउने बताए । उनले भने, ‘प्रतिनिधि सभाको विघटन हामीलाई मान्य छैन । अनधिकृत व्यक्तिबाट प्रतिनिधि सभा विघटनको सिफारिस गरियो। प्रतिनिधिसभा विघटन असंवैधानिक हो । प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ।’



































