काठमाडौं । एसीसी यु-१९ एसिया कपमा नेपाल पराजित भएको छ । शनिबार दिउँसो सम्पन्न आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको हो ।
जितको लागि ८३ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १४.५ ओभरमा दुई विकेटको क्षतिमा ८४ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । श्रीलंकाको लागि सिमान्था महाभिथानाले ३९, काभिजा गामागेले २४ र विरण चमुदिथाले १० रन बनाए ।
नेपालको लागि दयानन्द मण्डलले एक विकेट लिए ।
यसअघि दुबईको द सेभेन्स रङ्गशाला भएको खेलमा नेपाल फितलो ब्याटिङ गर्दै २८ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भएको थियो । नेपालको लागि सिब्रिन श्रेष्ठले १८, सहिल पटेलले १२ र निरज कुमार यादवले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
श्रीलङ्काका सेथ्मिका सेनेविरत्नले ९.५ ओभरमा २५ रन खर्चेर ५ विकेट लिँदै नेपालको इनिङ्स ध्वस्त पारे ।
जितसँगै समूह ‘बी’मा रहेको श्रीलंकाले दुई अंक जोडेको छ ।
