काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहिबेरमा लुम्बिनी लायन्सविरुद्ध हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह एरीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।
सुदूरपश्चिम रोयल्स: विनोद भण्डारी, शेल्डन ज्याक्सन, दिपेन्द्र सिंह एरी, आरिफ शेख, ईशन पाण्डे, पुनित महरा, दिपक बोहरा, हर्मित सिंह, स्कट कुगेलेइन, हेमन्त धामी, अविनाश बोहरा
लुम्बिनी लायन्स : दिनेश अधिकारी, डार्सी शर्ट, रोहित पौडेल(कप्तान), निरोशन डिकवेला, दिलिप नाथ, सन्दीप जोरा, मोभिन सुबासिन्घा, रुबेन ट्रम्पेल्म्यान, शेर मल्ल, तिलक राज भण्डारी, अभिषेश गौतम
