काठमाडौं । सरकार र जेनजी समूहबीच १० बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेनजी र प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोगको परिणामस्वरूप निम्तिएको गैरन्यायिक हत्या लगायत मानव अधिकार उल्लङ्घनसम्बन्धी आरोपहरूको बिनाभेदभाव छानबिन गरिने सहमति भएको छ ।















