च्याम्पियन्स लिगमा बार्सिलोना र लिभरपुल विजयी, चेल्सी पराजित

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा बार्सिलोना र लिभरपुलले जित निकाल्दा इंग्लिस क्लब चेल्सी पराजित भएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब फ्रान्कफुर्टलाई २-१ गोलले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जुलेस कौन्डेले दुई गोल गर्दा अन्श्गर नाउफले एक गोल गरे । खेलमा लिएको शुरूवाती अग्रता जोगाउन नसक्दा फ्राक्सफुर्ट पराजित हुन पुगेको हो । खेलको २१ औँ मिनेटमा नाउफले गोल गर्दै पाहुना टोलीलाई शुरूवाती अग्रता दिलाएका थिए । ५० औँ मिनेटमा कौन्डेले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए ।

तीन मिनेटपछि कौन्डेले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ गोलको अग्रता दिलाए । जितसँगै बार्सिलोना ६ खेलबाट १० अंक जोड्दै तालिकाको १४ औँ स्थानमा उक्लिएको छ भने समान खेलबाट ४ अंक जोडेको फ्रान्कफुर्ट ३० औँ स्थानमा रहेको छ ।

यस्तै गएरातिनै भएको अर्को खेलमा लिभरपुलले इन्टर मिलानलाई १-० गोलले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन डोमिनिक स्जोबोस्ज्लाईले निर्णायक गोल गरे ।

गएरातिनै भएको अन्य खेलमा चेल्सी एटलान्टासँग २-१ गोलले पराजित भएको हो ।

अन्य खेलको नतिजा
काइराट अल्माटी ०-१ ओलम्पिकाओस

बायर्न म्युनिख ३-१ स्पोर्टिङ सिपी

मोनाको १-० गालाटासारे

पीएसभी २-३ एथ्लेटिको म्याड्रिड

टोटेन्हाम ३-० स्लाभिया प्राग

Leave a Reply

Your email address will not be published. Required fields are marked *