प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट महामन्त्री थापाको नाम सिफारिस

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पाबाट सिफारिस गरिएको छ ।

एक निर्वाचन क्षेत्र रहेको रोल्पाबाट महामन्त्री थापासहित पाँच जनाको नाम सिफारिस भएको हो ।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका स्वकीय सचिव अनुपम जिसीले रोल्पाबाट आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष उम्मेदवारका लागि महामन्त्री थापा, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, युवा व्यवसायी डा. मन्दीप सुवेदी, र ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *