काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता एवं संचारमन्त्री जगदीश खरेलले निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ । त्यस्तै बैठकले तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
बैठकले कोलम्बो प्लानको नवौँ महासचिव पदमा मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी मनोनयन गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै बैठकले १० जिल्ला (ईलाम, कास्की, चितवन, झापा, तेह्रथुम, नवलपरासी (वर्दघाट सुस्ता पूर्व), ।
नवलपरासी (वर्दघाट सुस्ता पश्चिम), पर्वत, मोरङ र सुनसरी) का ९४ हजार ५ सय २७ गरिब परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ ।


