२०४६ यताका उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गरौंः प्रचण्ड

काठमाडौं । नेपाली कम्युननिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबिनको माग गरेका छन् ।

भ्रष्टाचारविरुद्ध २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबिनको आफूले संसदको रोष्टमबाटै समेत र अहिले पनि दोहोर्याउने बताए ।

उनले भने, ‘प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीका महत्त्वपूर्ण कदम चालिए । हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबिनको माग मैले संसदको रोष्टमबाटै समेत गरेको थिएँ र आज यो दिवसका अवसरमा त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्याउँछु।’

उनले भ्रष्टाचारविरुद्धको लडाइँ एकदिनको नभएको बताएका छन् । उनले भनेका छन्, ‘भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन, यो निरन्तरको सङ्घर्ष हो। यसका लागि राजनीतिक नेतृत्वको इमानदार प्रतिबद्धता, संस्थागत सुदृढीकरण र जनताको सचेत सहभागिता अपरिहार्य छ। यो दिवसले हामी सबैलाई सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति थप जिम्मेवार बनाउन तथा भ्रष्टाचारमुक्त, समृद्ध र समाजवादी नेपाल निर्माणको सङ्कल्पलाई थप सशक्त बनाउन प्रेरणा देओस्। पुनः शुभकामना !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *