उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।

यस्तै, अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *