काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग वार्ता गरेको छ । नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईंसँग सोमबार प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गरेका हुन् ।
आजको वार्तामा उनले २० बुँदे माग राखेका छन् । त्यसक्रममा प्रसाईंले सरकारबाट आफ्ना माग पूरा भएको खण्डमा सरकारका लागि छाती थाप्न तयार रहेको बताएका छन् । सरकारले भने उनका मागहरूको अध्ययनका लागि समय माग गरेको छ ।



