जेनजी आन्दोलनका सहिदको सूची आफ्नो कार्यकक्षमा राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई गृहको परिपत्र

काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनका सहिदको सूची आफ्नो कार्यकक्षमा राख्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी गृहले तीन दिनभित्र ‘जेनजी सुशासन’ योद्धाहरू’ को नामावली प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्न निर्देशन दिएको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जना व्यक्तिहरू मारिएका थिए।

उनीहरूमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरिसकेको छ । उनीहरूकै नामावली तोकिएको ढाँचामा राख्न गृहले निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *