ईश्वर पोखरेलले पार्टीमा बुझाए आफूले तयार पारेको अवधारणापत्र(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले तयार पारेको अवधारणापत्र पार्टीमा बुझाएका छन् ।

सोमबार पोखरेलले महासचिव शंकर पोखरेललाई अवधारणापत्र बुझाएका हुन् । मंसिर २७ गते शुरू हुने महाधिवेशनका लागि महासचिव पोखरेलमार्फत पार्टीमा अवधारणापत्र दर्ता गराएको पोखरेलले जानकारी दिए । पोखरेलले महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

अवधारणापत्रमा दुई कार्यकाल अध्यक्ष बन्न पाउने विधानको प्रावधानलाई पुनःस्थापित गर्न माग गरिएको छ । यस्तै पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन अवधारणापत्रमा माग गरिएको छ ।

अवधारणापत्रमा भनिएको छ, ‘पार्टीको रक्षामार्फत नेपाल राष्ट्रको रक्षा तथा नेपाली जनताको हित रक्षालाई सर्वोपरि मानेर अघि बढ्नु हामी सबैको साझा दायित्व हो । यो ऐतिहासिक जिम्मेवारीलाई सबैले मनन गरौँ । आन्तरिक लोकतन्त्र समृद्ध बनाएर मात्र नेकपा (एमाले)लाई एउटा सशक्त राष्ट्रिय शक्तिको रूपमा विकास गर्न र हामीले लोकतान्त्रिक समाजको निर्माण तथा नेतृत्व गर्न सक्नेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *