काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से घटेको छ । सोमबार नेप्से ३ दशमलव २ अङ्कले घटेर २ हजार ६ सय ६ दशमलव ६७ विन्दुमा झरेको छ । नेप्से लगातार छैटौं कारोबार दिन घटेको हो । आज जलविद्युत्, बीमा, उत्पादन, व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ ।
आज १ सय ४७ वटा कम्पनीको शेयर घटेकोमा ९९ वटाको बढेको छ । यस्तै १२ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै ५ दशमलव १६ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज ३३१ वटा कम्पनीको १ करोड १ लाख कित्ता शेयर ४ अर्ब ६६ करोड रुपैयाँमा किनबेच भएको छ ।
