प्राधिकरणका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

आइतबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो । पूर्वनिर्देशक मुरारी भण्डारीसँग भने ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको छ ।

अधिकारी र भण्डारीसहित ६ जनाविरुद्ध भक्तपुरको नलिन्चोक हेलीप्याड निर्माणको क्रममा भ्रष्टाचार गरेको आरोपमा १३ करोड ५७ लाख बिगो दाबी गर्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो ।

अधिकारीविरुद्ध आइतबार अर्को मुद्दा पनि दताएको छ । पोखरा विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै अधिकारीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *