पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जना र एक चिनियाँ कम्पनीविरुद्ध मुद्दा दर्ता, यस्तो छ अभियोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै पाँच जना पूर्वमन्त्रीसहित ५५ जना र चिनियाँ कम्पनी सिएएमसीविरुद्ध मुद्दा चलाएको छ ।

आयोगले आइतबार पाँच पूर्वमन्त्रीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । आयोगले पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी, डा. रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

त्यस्तै यस प्रकरणमा अख्तियारले पूर्वसचिवविरुद्धसमेत मुद्दा दर्ता गरेको छ । पोखरा विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले गत वैशाखमा अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।उपसमितिले विमानस्थल निर्माणमा करिब १० अर्ब भ्रष्टाचार भएको प्रतिवेदन समितिलाई बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *