मधेशका मुख्यमन्त्रीद्वारा तीन मन्त्री नियुक्त

जनकपुरधाम । मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीन मन्त्री नियुक्त गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त तीनै जना मन्त्रीले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभबाट आजै नै शपथ लिएका छन् । यादवले जनमतका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मा दिएका छन् ।

त्यस्तै, कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादी पार्टीका कनिश पटेल बिनाविभागीय मन्त्री भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *