काठमाडौं । भारतको गोवाको उत्तरी क्षेत्र अर्पोराको एउटा नाइटक्लबमा सिलिन्डर विस्फोट हुँदा भएको आगलागीमा २३ जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी पीटीआईको अनुसार गोवा डीजीपी आलोक कुमारले राति १२ः०४ बजे खबर आएपछि प्रहरी, फायर ब्रिगेड र एम्बुलेन्स तुरुन्तै घटनास्थलमा पुगेको बताए । उनले सबै शव बरामद गरिएको जानकारी दिएका छन् ।
आगो क्लबको भुइँ तलाको किचन क्षेत्रमा लागेको र २३ जनाको मृत्यु पुष्टि भएको छ ।
स्थानीय बासिन्दा र कर्मचारीहरूका अनुसार, आगलागी हुँदा क्लबमा कर्मचारीबाहेक पनि केही मानिस पनि थिए । मृत्यु हुनेमा चारजना पर्यटक पनि छन् ।
