धादिङको चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते (नामावलीसहित)

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् ।

सात वटा सवारीसाधन आपसमा ठोक्किँएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् । दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिदिए ।

काठमाडौँबाट गजुरी जाँदै गरेको बा प्र००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको गाडी (डिब्बा), ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे ०३ ए के ३२३१ नम्बरको बस र काठमाडौँ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस दूर्घटनामा परेको थिए ।

घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका छन् । चितवनको स्कुल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौँतर्फ जाँदै गरेको बसमा सवार आठ जना, मोटरसाइकलमा सवार एक जना र डिब्बा गाडीमा सवार एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ग ००११ नम्बरको स्कुल बसका चालक उदय बहादुर थापा, बसमा सवार सुवित थिङ, कविता सिंह, यमवि श्रेष्ठ, रमित परियार, समिर मगर, ईस्माईल थिङ, कमला लामिछाने, सचिन गुरुङ, शिव लामिछाने, आस्विन प्रजा, राधिका चेपाङ, मिलन तामाङ, कशिस तामाङ, सन्तोष प्रजा, बिराज तामाङ, जयराम अर्याल, निशान गुरुङ, समिर परियार, जसमिन श्रेष्ठ, कमल गुरुङ, रबिना सुनार, प्रतिमा मगर, आयुब विके., बिमला तामाङ घाइते छन् ।

गोरखाबाट–काठमाडौंतर्फ जाँदै गरेको बसका विनोद पोखरेल, मीना पनेरु, इन्द्र कुमारी देवकोटा, सिता गजुरेल, अजय घिमिरे, सुर्य घिमिरे, कुशल घिमिरे घाइते भएका छन् ।

त्यस्तै, मोटरसाइकलमा सवार सेख खली एस, ग १ ख ८५५१ नम्बरको बस चालक राजु कार्की र डिब्बा गाडीका चालक घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *