काठमाडौं । फिफा विश्वकप-२०२६ को खेल तालिका सार्वजनिक भएको छ । अमेरिकाको वाशिङटन डीसीमा आयोजित कार्यक्रममा फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका घोषणा गरिएको हो ।
विश्वकप आगामी वर्ष अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा आयोजना हुँदैछ । यस विश्वकपमा पहिलोपटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । विश्वकपमा सहभागी ४८ राष्ट्रलाई १२ समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको उद्धाटन खेलमा समूह ‘ए’मा रहेको सह आयोजक मेक्सिकोले २०१० को आयोजक दक्षिण अफ्रिकाको सामना गर्नेछ । समूह ‘ए’मा दक्षिण कोरियासँगै युरोप प्लेअफ डी को विजेता रहेको छ ।
१२ समूहका शीर्ष दुई टोली र तेस्रो स्थानमा रहने आठ उत्कृष्ट टोली अन्तिम ३२ मा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल अमेरिकाको मेट लाइफ स्टेडियममा हुनेछ । विश्वकप जुन ११ देखि जुलाई १९ सम्म हुनेछ ।
यस्तो छ विश्वकपको समूह
समूह ए: मेक्सिको, दक्षिण कोरिया, दक्षिण अफ्रिका, युरोप प्ले–अफ डी विजेता (डेन्मार्क/चेक गणतन्त्र/आयरल्यान्ड/नार्थ म्यासेडोनिया)
समूह बी: क्यानडा, स्विजरल्याण्ड, कतार, युरोप प्ले–अफ ए विजेता (इटाली/वेल्स/बोस्निया–हर्जगोभिना/नर्दन आयरल्यान्ड)
समूह सी: ब्राजिल, मोरोक्को, स्कटल्याण्ड, हैति
समूह डी: अमेरिका, अष्ट्रेलिया, पाराग्वे, युरोप प्ले–अफ C विजेता (टर्की/स्लोभाकिया/कोसोभो/रोमानिया)
समूह इ: जर्मनी, इक्वाडोर, आइभोरी कोस्ट, कुरासाओ
समूह एफ: नेदरल्यान्ड्स, जापान, ट्युनिसिया, युरोप प्ले–अफ B विजेता (युक्रेन/पोल्याण्ड/अल्बानिया/स्वीडेन)
समूह जी: बेल्जियम, इरान, इजिप्ट, न्युजिल्यान्ड
समूह एच: स्पेन, उरुग्वे, साउदी अरब, केप भर्डे
समूह आई: फ्रान्स, सेनेगल, नर्वे, फिफा प्ले–अफ 2 विजेता (इराक/बोलिभिया/सुरिनाम)
समूह जे: अर्जेन्टिना, अष्ट्रिया, अल्जेरिया, जोर्डन
समूह के: पोर्चुगल, कोलम्बिया, उजबेकिस्तान, फिफा प्ले–अफ 1 विजेता (DR कङ्गो/जमैका/न्यु क्यालेडोनिया)
समूह एल: इङ्ग्ल्यान्ड, क्रोएसिया, पनामा, घाना

