काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएका छन् । शुक्रबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
हाल मधेश प्रदेशमा १०४ जना प्रदेशसभा सदस्य कायम छन् । जसमध्ये ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा यादवले दाबी पेस गरेका थिए । सात दलीय गठबन्धनबाट यादव मुख्यमन्त्री बनेका हुन् । काङ्ग्रेस जसपा नेपाल जनमत नेकपा माओवादी केन्द्र लोसपा र एकीकृत समाजवादीका ७७ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका छन् ।
ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले गत मङ्सिर १७ गते राजीनामा दिएपछि उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो ।
