प्लेअफमा पुग्न लुम्बिनीलाई १ सय ३३ रनको विजयी लक्ष्य

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा जनकपुरले लुम्बिनीलाई जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको हो । जनकपुरको लागि संगिथ कोरीले ४५ रन बनाउँदा मायन यादवले २७, आसिफ शेखले २०, संजय कृष्णमुर्थीले १४ र शुभ कंसकरले ११ रन बनाए ।

लुम्बिनीको लागि शेर मल्ल र रोहित पौडेलले दुई/दुई विकेट लिँदा जेजे स्मित र रुबिन ट्रम्पेल्मनले समान एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *