राप्रपाकी प्रदेश सभा सदस्य कञ्चन विच्छा पदमुक्त

जनकपुरधाम । मधेश प्रदेशकी महिलातर्फ समानुपातिक सांसद कञ्चन विच्छा पदमुक्त भएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले उनलाई पार्टीको नीति विपरीत काम गरेको र अनुशासन तोडेको आरोप लगाउँदै ६ महिनाका लागि साधारण सदस्यबाट निष्कासन गरेको छ ।

त्यही आधारमा उनलाई प्रदेश सभा सदस्यको पदबाट फिर्ता लिन केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरेको पत्र प्रदेश सभा सचिवालयमा दर्ता भएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ र प्रदेश सभा कार्यसंचालन नियमावली २०७५ का नियम १९० र १९१ अनुसार प्रदेश सभाले उनको सदस्यता खारेज गरिएको सूचना सार्वजनिक गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *