काठमाडौँ । प्रतिनिधि छनोटको विषयलाई लिएर नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताबिच भनाभन र हात हालाहालको अवस्था सिर्जना भएको छ ।
महाधिवेशन प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै कार्यालय पुगेका एमाले आदिवासी जनजाति लोकतान्त्रिक महासङ्घका केही सदस्यहरू सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीसँग विवाद हुँदा आक्रोशित कार्यकर्ता र कार्यालयमा रहेका अर्को पक्षका कार्यकर्ताबिच चर्काचर्की भएको हो ।
