काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले २३ मंसिरको वृहत प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । शुक्रबार राप्रपाको केन्द्रीय पाटी कार्यालय,धुम्बारा पत्रकार सम्मेलन गर्दै प्रवक्ता शाहीले प्रदर्शनमा सबैलाई सहभागी हुन आग्रह गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेता शाहीले नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताए । उनले जापान, बेलायत, नेदरल्यान्ड, अष्ट्रेलिया र क्यानडाको जस्तो राजसंस्था नेपालमा आवश्यक रहेको बताए ।
नेपालमा प्रदेश संरचना खारेज गर्न, हिन्दु, बुद्ध, किरातसहितको हिन्दु अधिराज्य बनाउन, संवैधानिक राजसंस्था कायम गर्न र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका लागि आफूहरूले आन्दोलन गर्न लागेको प्रवक्ता शाही बताए ।
