काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज हुने खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे शुरू हुनेछ ।
आजको खेल लुम्बिनीको लागि निकै महत्त्वपूर्ण रहेको छ । आजको खेलमा जित निकाल्न सकेको खण्डमा लुम्बिनी प्लेअफमा पुग्नेछ भने लुम्बिनीको प्लेअफ यात्रासँगै चितवन राइनोज, पोखरा एभेन्जर्स र कर्णाली याक्सको ढोका बन्द हुनेछ ।
हाल लुम्बिनी छ खेलबाट छ अङ्क जोड्दै चौथो स्थानमा रहेको छ ।
यता प्लेअफको यात्राबाट बाहिरिसकेको जनकपुर लगातार दोस्रो जितको खोजीमा हुनेछ । जनकपुर ५ खेलबाट दुई अंक जोड्दै तालिकाको पुछारमा रहेको छ । जनकपुरले पछिल्लो खेलमा चितवनलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियो ।
