काठमाडौँ । हामी नेपाल संस्थाका संयोजक एवं जेनजी अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
बिहीबार दिउँसो नख्खु कारागारमा पुगेर गुरुङले रविसँग भेट गरेका हुन् । भेटमा लामिछानेले आफूमाथि अन्याय भएको गुनासो गरेका छन् । भेटपछि गुरुङले रविले राज्यले आफूमाथि प्रतिशोध साँधेको बताएको जानकारी दिए ।
रविले जेनजी आन्दोलन र युवाहरूको अभियानमा रास्वपाको पूर्ण समर्थन रहने प्रतिबद्धता समेत जनाएका छन् । गुरुङले रविसँग जेनजी आन्दोलनमा रास्वपाको समर्थन र राज्यले प्रतिशोध साँधेको विषयमा कुराकानी भएको बताए । गुरुङसँग रविले सहकारी ठगी प्रकरणमा आफूमाथि अन्याय भएकाले छिटो न्याय पाउनुपर्ने अपेक्षा राखेका थिए ।
रविको भनाई उदृत गर्दै उनले भने, ‘बरु मलाई गल्ती गरेको भए कारबाही होस् । हैन भने न्याय होस् । यसको छिटो निरुपणका लागि पहल गरिदिनुस् ।’ रविको आग्रहलाई गुरुङले पनि पहल गर्ने बताए ।
