नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुन्छः नेता घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अब क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली अवलम्बन गर्ने बताएका छन् ।

बिहीबार विषेश महाधिवेशन हस्ताक्षर अभियानका अभियानका तर्फबाट आयोजित १५ औं महाधिवेशनको तयारी विषयक अन्तरक्रियामा घिमिरेले हरेक व्यक्तिलाई कामको आधारमा अवसर प्रदान गर्ने भन्दै पद्दतीसम्मत रुपले पार्टी चल्ने युगमा आफूहरु प्रवेश गरेको बताए ।

उनले भने,‘अब क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली अवलम्बन गर्ने छौं । हरेकलाई कामको आधारमा अवसर प्रदान गर्ने छौं । साथै यहाँ मेरो र तेरो भन्ने र काखा र पाखा हुँदैन । त्यसैले यसको लागि विधिपूर्वक पार्टी चल्नेछ । र पद्दतीसंवत रुपले पार्टी चल्ने युगमा हामी प्रवेश गर्दैछौं ।’

त्यस्तै उनलेमहाधिवेशन जसरी पनि गराएर छाड्ने दावी समेत गरे । उनीहरूले नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिए ।

विशेष महाधिवेशनको दबाब दिएपछि मात्रै पार्टी नेतृत्व निर्वाचनअघि नियमित महाधिवेशन गर्न तयार भएको घिमिरेको भनाइ छ ।

बहुमतको शक्तिका साथ आफूहरू महाधिवेशनको तयारीमा जुट्ने उनले बताए । महाधिवेशनमा आफूहरूको पक्ष निर्णायक रहेकाले कमजोर नठान्न घिमिरेको चेतावनी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *