भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा निवास बनाउन सुरु भएको छ । बिहीबार ‘ओली कुटी’ को राधिका शाक्यले शिलान्यास गरेकी छन् ।
जेनजी आन्दोलनका क्रममा बालकोट निवासमा आगजनी भएपछि ओली भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । एमाले नेता महेश बस्नेतले ओली कुटी निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको जानकारी दिए ।
उनले भने, ‘ओली कुटी निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ। आज राधिका आमाद्वारा शिलान्यास सम्पन्न भयो। अब निर्माण कार्य तीव्र गतिमा अघि बढ्नेछ ।’




