एनपीएलमा आज काठमाडौं र पोखरा तथा चितवन र सुदूरपश्चिम भिड्दै

काठमाडौँ ।  दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४:०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ ।

पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौँले  भने छ खेलबाट आठ अङ्क जोडेको छ ।

दोस्रो खेलमा प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् ।

सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा  रहेको छ । पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *