प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बुधबार प्राधिकरणका ४ जना, १ इन्जिनियर र १ कन्सलटिङ कम्पनी र त्यसका प्रोप्राइटरविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले क्यानका निर्देशक मुरारी भण्डारी र अन्य कर्मचारीहरू उपप्रबन्ध निर्देशक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, प्राइभेट इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सलटिङ प्रालि र त्यसका प्रोप्रराइटर विजय थापाविरुद्ध मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध भक्तपुरको नलिन्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको हो । बुधबार प्राधिकरणका महानिर्देशक अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीलाई पक्राउ गरेर विशेष अदालतमा उपस्थित गराइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *