जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेश सभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गरेका हुन्।
उनले प्रदेश सभामा सम्बोधन गर्दै यसअघिका मुख्यमन्त्रीले पनि प्रदेश प्रमुख कार्यालयमा शपथ नखाएको जिकिर गरे । उनले आफ्नो बाध्यात्मक नियुक्ति भएको कारण विश्वासको मतको चिन्ता नलिएको बताए ।
१०७ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ।
उनको पक्षमा विश्वासको मत प्राप्त नहुने देखेपछि राजीनामा दिएका हुन् । मधेस प्रदेश सभामा एमालेको २५ सिट छ। उनी कात्तिक २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
