माओवादी केन्द्रको कर्णाली प्रदेशसभा संसदीय दलका नेता शर्माले दिए राजीनामा

कर्णाली । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार दलका प्रमुख सचेतकलाई सम्बोधन गर्दै शर्माले राजीनामा बुझाएका हुन् ।

उनले पत्रमा भनेका छन्, ‘म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु।’

उनी जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *