गगन थापाले आसन्न १५ औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आसन्न १५ औं महाधिवेशनमा सभापति पदको उम्मेदवार घोषणा गरेका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा कुरा गर्दै महामन्त्री थापाले आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् । उनले कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले आफूलाई यो ऐतिहासिक पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिने दाबी गरे ।

उनले भनेका छन्, ‘म ५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो । मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ भन्नेछ ।’

उनले महाधिवेशनको मिति घोषणा भइसकेकोले सभापतिमा आफ्नो उम्मेदवार रहने कुरा स्वाभाविक भएको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६–२९ गते काठमाडौंमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *