काठमाडौँ । नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीलाई बुधबार पक्राउ गरेको हो ।
भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा भएको अनियमितता आरोपमा उनलाई पक्राउ गरिएको हो ।
प्राधिकरणले भक्तपुरको नलिन्चोकमा आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड बनाउँदा अनियमितता भएको विषयमा पनि उजुरी परेपछि अख्तियारले अनुसन्धान गरिरहेको छ ।
