काठमाडौं । उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज हुँदैछ । घोषणा कार्यक्रममा ऊर्जामन्त्री कुलमान घिसिङ पनि सहभागी भएका छन् । पूर्वसचिव अनुपकुमार उपाध्याय अध्यक्ष रहेको पार्टीले आज घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
पार्टीको चुनाव चिह्न बलेको चिम रहेको छ । सभामा ऊर्जामन्त्री कुलमान घिसिङले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दैछन् ।




