काठमाडौं । बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले शाक्यलाई पक्राउ गरेको हो ।
उनलाई बुधबार ललितपुरको जावलाखेल मनिमण्डलबाट पक्राउ गरिको हो । सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन यसअघि नै पक्राउ परिसकेका छन् ।

