‘पीआर’को ट्रेलर सार्वजनिक

काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा नेपालबाट पढ्न अस्ट्रेलिया पुगेका युवाहरूहरूको कथा वाचन गरिएको छ ।

ऋण खोजेर अस्ट्रेलिया पुगेका युवाहरूको सपना पीआर लिने भन्ने हुन्छ। तर यता नेपालबाट ऋणमा पठाएको छोराले पैसा पठाउन नसक्दा र उताको परिस्थिति बुझ्न नसक्दाको अवस्थालाई निर्देशक बस्नेतले पर्दामा उतारेका छन् ।

यही मंसिर २६ गतेदेखि अल नेपाल रिलिज हुन लागेको यस फिल्मको प्रचारका लागि अष्ट्रेलियामा बसोबास गर्दै आएका आर ए सुरज पौडेल,विनिता कार्की नेपाल आएका छन् ।

फिल्ममा राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन् । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *