मधेस प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधबार विश्वासको मत लिने भएका छन् । मंगलबार साँझ पत्रकार सम्मेलन गरी मुख्यमन्त्री यादवले बुधबार प्रदेश सभा बैठकमा विश्वास मतको प्रस्ताव राख्ने जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा यादवले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र पठाइसकेको जानकारी दिए । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन सोमबार आदेश दिएको छ । उनले यसअघि एमालेले सहयोग गरेका दलहरूले आफूलाई विश्वास मत दिनेसमेत बताएका छन्।

मुख्यमन्त्री यादवले आफूले विश्वासको मत पाउने दाबी पनि गरेका छन् । गत कात्तिक २३ गते यादव ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका थिए ।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई होटलमै शपथ दिलाएपछि मधेस प्रदेशमा राजनीतिक विवाद भएको थियो । मुख्यमन्त्री यादवले विश्वासको मत पाउन ५३ जना सांसद आवश्यक पर्छ । १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ सदस्य कायम छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *