काठमाडौं । काठमाडौंको केशरमहलमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार अपरान्ह कारले पैदलयात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
मृतकको पहिचान भएको छैन । कारले ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई समेत ठक्कर दिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एव एसपी नरेशराज सुवेदीले ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत हवल्दार पशुराम ठाकुरलाई ठक्कर दिएको छ ।
कार चालक काठमाडौं महानगरपालिका–१६ बस्ने ६६ वर्षीय सुरेश राज कालिका छन् । ट्राफिक प्रहरी र पैदलयात्रीलाई ठक्कर दिएर कार ड्रिम गार्डेनको पर्खालमा ठोक्किएको छ ।
